घाेराहीमा एमसी आईटी सर्भिसेस कम्पनी स्थापना

चेतना अनलाइन

घाेराही, ५ भदाै । अम्बिकेश्वरी इनाेभेसन सेन्टरदले दाङकाे घाेराहीमा एमसी आईटी सर्भिसेस कम्पनी स्थापना गरेकाे छ ।

आईटी सम्बन्धि सम्पूर्ण तालिम प्रदान गर्ने उद्धेश्यले कम्पनी स्थापना गरिएकाे अम्बिकेश्वरी कलेजका प्रिन्सिपल चन्द्रप्रकाश खनालले बताउनुभयाे । कम्पनीले विश्वविद्यालय र विद्यालय तहका विद्यार्थीहरूलाई आइटी सम्बन्धि तालिम प्रदान गरिने छ ।
कम्पनीले अन्तर्राष्ट्रियस्तरमै आइटी सम्बन्धि सेवा प्रदान गर्ने खनालले बताउनुभयाे । सरकारी तथा गैर सरकारी क्षेत्रका लागि सफ्टवेयर निर्माणकाे काम पनि गरिने छ ।

यसैबीच कम्पनीकाे एक कार्यक्रमकाबीच उद्घाटन गरिएकाे छ । अम्बिकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालकाे अध्यक्षता एवम् एनएसएस कम्पनी थाइल्यान्डका कार्यक्रम निर्देशक सुरेशसिंह घलेकाे प्रमुख आतिथ्यता नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सविन प्रियासनकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन कलेजका निर्देशक वसन्तप्रसाद रिजालले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *