घोराही । पत्रकार तथा प्रेस सेन्टर नेपालका उपाध्यक्ष अजयदीप शर्माले आफ्नो लाइब्रेरीमा संकलित पुस्तकहरू सार्वजनिक पुस्तकालयहरूलाई हस्तान्तरण गर्नु भएको छ ।
आफूसँग रहेका पुस्तकहरू अरूका लागि पनि पठनीय सामग्री बनुन भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ, सर्वोदय पुस्तकालय, र श्री सिद्धरत्न नाथ क्याम्पस नारायणपुरलाई पत्रकारिता, राजनीति, दर्शन, समाजशास्त्र, कथा, उपन्यास, र शैक्षिक पाठ्यपुस्तकहरू प्रदान गर्नु भएको छ ।
पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, दाङको सबैभन्दा जेठो पुस्तकालय सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, र नारायणपुर क्याम्पसका प्रमुख दीपक लामिछानेलाई पुस्तक हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा आफूले रहेका पुस्तकहरू संस्थालाई प्रदान गरी पठनीय संस्कृतिलाई टेवा पुर्याउने काम गर्नु भएकोमा धन्यवाद पत्रकार महासंघका अध्यक्ष, सर्वोदय वाचनालयका अध्यक्ष, र नारायणपुर क्याम्पसका प्रमुखहरूले धन्यवाद प्रदान गर्नु भएको थियो ।
आफूमा सीमित पुस्तकहरू अरूलाई पनि पढ्ने अवसर बनोस भनेर आफूले शैक्षिक संस्था, आफू सम्बद्ध पत्रकार महासंघ, र जिल्लाको सबैभन्दा जेठो पुस्तकालयमा पुस्तकहरू प्रदान गर्न पाएकोमा अजयदीप शर्माले खुसी व्यक्त गर्दै संस्थाहरू प्रति आभार व्यक्त गर्नु भएको थियो । शर्माले ३ वटा संस्थामा गरी १ सय २० थान पुस्तकहरू प्रदान गरेको बताउनु भएको छ ।