प्रेस सेन्टर दाङका उपाध्यक्षले दिए पदबाट राजिनामा

चेतना अनलाइन

घाेराही, ४ भदाै । प्रेस सेन्टर नेपाल दाङका उपाध्यक्ष दामोदर बस्नेत ‘राकेश’ले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज विहान एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । प्रेस सेन्टर तुलसीपुर उपमहानगरपालिका कमिटीको अध्यक्ष समेत रहनुभएका राकेशले दुवै पदबाट राजीनामा दिनुभएको हो ।

अघिल्लो साता प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले पनि संगठन परित्याग गर्नुभएको थियो ।

यसैबीच सेन्टरको आज बसेको जिल्ला समितिको बैठकले अध्यक्षले संगठन परित्याग गरेपछि र उपाध्यक्षले राजीनामा दिएपछि दोस्रो वरियताकी उपाध्यक्ष अनिता पोख्रेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *