जनतालाई सुखी र समृद्ध बनाउने एमालेको सपना हो : पोलिटब्युरो सदस्य चौधरी

तुलसीपुर, ४ भदाै । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दाङ इन्चार्ज नरुलाल चौधरीले पार्टीलाई व्यवस्थित गर्नका लागि सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा एमाले बबई गाउँ कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज चौधरीले यस्तो बताउनुभएको हो ।

राम्रो पार्टी बनाउन सदस्यता वितरण कार्यमा ध्यान दिनुपर्ने भन्दै यसमा ध्यान दिन नसक्दा निर्वाचनमा कमजोर हुने बताउनुभयो । सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा पार्टी लागेको भन्दै सरकारमार्फत यसको लक्ष्य हासिल गरिने बताउनुभयो ।

देशमा अहिले ठूला दल मिलेर सरकार सञ्चालन गरेको भन्दै यसमा धेरै अचम्म मान्नुपर्ने बताउनुभयो । वर्तमान सरकार गठन भए पश्चात् केही नयाँ आशा पलाएको भन्दै भविष्यमा देशले काँचुली फेर्ने बताउनुभयो ।

पार्टी व्यवस्थित गर्न ग्रामीण तहमा रहेका नेता कार्यकर्ताले ठूलो भूमिका खेल्ने बताउनुभयो । त्यसका लागि बैठक, छलफल, सभा अनि अधिवेशन नियमित हुनुपर्ने बताउनुभयो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य घनश्याम पाण्डे, लेखा आयोगका केन्द्रीय सदस्य साबित्रा विश्वकर्मा, जिल्ला अध्यक्ष शिवकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, उपसचिव भुवनेश्वर पौडेल, जिल्ला कमिटीका सदस्य, गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *