चेतना अनलाइन
घाेराही, ४ भदाेै । नेपाल पत्रकार महासंघ, दाङ शाखामा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरिएकाे छ ।
अनुसन्धान केन्द्रकाे उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेल गर्नुभएकाे हाे । उद्घाटन समाराेहमा बाेल्दै अध्यक्ष पाेख्रेलले पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरूकाे बाैद्घिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपाल नेपालका सदस्य शरद अधिकारी, पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी सुशील गाैतम, पूर्वअध्यक्ष केवी मशाल, सल्लाहकार तथा पूर्वअध्यक्षहरू सुदीप गाैतम र सविन प्रियासन, सल्लाहकार लक्ष्मी आचार्य, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलाेचना गाैत, प्रेस चाैतारी दाङका निवर्तमान अध्यक्ष जेएन सागर र प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चाैधरीले शुभकामना व्यक्त गर्नुभएको थियाे ।
उपाध्यक्ष सन्तोष सुवेदीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन सचिव आरके शीतलले गर्नुभएको थियाे ।
साे अवसरमा पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदीप गाैतमले एक दर्जन पुस्तक हस्तान्तरण गर्नुभएको थियाे ।