अखिल क्रान्तिकारी दाङको २३ औं जिल्ला सम्मेलनको तयारी पूरा भएको छ ।
संगठनका जिल्ला संयोजक गिरबहादुर महराका अनुसार भाद्र ४ गते नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव बर्षमान अनन्तको प्रमुख अतिथिता एवं अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीको विशिष्ट अतिथितामा सम्मेलन सम्पन्न हुने भएको छ ।
घोराहीको साइ मन्दिर स्थित बिहान ११:३० मा सम्मेलनको उद्घाटन हुने कार्यम्रम रहेको महराले जानकारी दिनुभएको छ । सम्मेलनमा दाङका १० वटा पालिका विभिन्न क्याम्पस कलेजबाट २३३ प्रतिनिधि सहभागी हुने भएका छन । सम्मेलनले नया नेतृत्व चयन गर्ने छ ।