अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) दाङले तुलसीपुर उपमहानगरपालिकाको दोस्रो पालिका सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले हिमाल वलीको अध्यक्षतामा २९ सदस्यीय पालिका कार्यसमिति चयन गर्दै पालिका सम्मेलन सम्पन्न गरेको हो ।

संगठनका पालिका संयोजक बोधराज विश्वकर्माको अध्यक्षता एवं संगठनका केन्द्रीय उपमहासचिव सूर्यप्रकाश घर्ती मगरको प्रमुख आतिथ्यतामा, नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सल्लाहकार शेषुराम भण्डारी, नेकपा (माओवादी केन्द्र) जिल्ला सचिव विश्वराज आचार्य, संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिन्दु खड्का, संगठनका पूर्व जिल्ला अध्यक्ष डिल्लीराम अधिकारी र खुसिराम चौधरीको विशिष्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

कार्यसमिति :
१. अध्यक्ष – हिमाल वली
२. उपाध्यक्ष – सागर डीसी
३. उपाध्यक्ष – बिन्दु खड्का
४. सचिव – शिक्षा विश्वकर्मा
५. सह-सचिव – झरना नेपाली
६. सह-सचिव – रमेश जैसी
७. कोषाध्यक्ष – रमा चौधरी

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *