अखिल (क्रान्तिकारी) दाङले घोराही उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले इन्द्र गौतमको अध्यक्षतामा ३१ सदस्यीय पालिका कार्यसमिति चयन गर्दै सम्मेलन सम्पन्न गरेको हो ।
संगठनका इन्द्र गौतमको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने ‘सागर’को प्रमुख आतिथ्यता रहेको थियो । संगठनका केन्द्रीय सचिवालय सदस्य जंग रोका, नेकपा (माओवादी केन्द्र) घोराही नगर इन्चार्ज मिलन डाँगी, प्रेस सेन्टर केन्द्रीय अनुशासन आयोगका प्रमुख नरेन्द्र केसीको विशिष्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो । साथै, नेकपा (माओवादी केन्द्र) घोराहीका अध्यक्ष अटल चौधरी, संगठनका पूर्व अध्यक्षहरू बसन्त चौधरी, सुमन रोका, संगठनका लुम्बिनी प्रदेश सचिवालय सदस्य प्रतीक अधिकारी, संगठनका जिल्ला संयोजक गिरबहादुर महरा, नेकपा (माओवादी केन्द्र) नगर सह-सचिव शक्तिराम डाँगी, कार्यालय सदस्य जेबी ठकुरी, संगठनका जिल्ला कार्यालय सदस्य हिमाल महरा, गोविन्द मल्ल, जिल्ला सदस्यहरू प्रशान्त पोखरेल र विष्णु गोराथोकीको उपस्थिति पनि रहेको थियो ।
कार्यसमिति :
१. अध्यक्ष – इन्द्र गौतम
२. उपाध्यक्ष – दिना भण्डारी, सुन्दर पुन, विमर्श बिष्ट
३. सचिव – गोविन्द चन्द
४. सह-सचिव – निक्कु विश्वकर्मा, राजन चौधरी, प्रकाश सुवेदी, विशाल थापा, रेश्मा विश्वकर्मा
५. कोषाध्यक्ष – कृष्णा नेपाली
यसरी सम्मेलनले नयाँ कार्यसमिति चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको हो ।