राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाउन छात्रवृत्ति सुनिश्चित

चेतना अनलाइन

घोराही । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाउनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको पहलमा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षता र शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा भएको बैठकले स्रोत सुनिश्चितताका लागि निर्णय गरेको हो । चालु आर्थिक वर्षदेखि नै एमबिबिएस कार्यक्रम सञ्चालनका लागि ७५% विद्यार्थीहरूको छात्रवृत्ति रकम सुनिश्चित गरिएको नेकपा एमालेका महासचिव शंकर पोखरेललाई उदृत गर्दै उहाँका स्वकीय सचिव सराेज रेग्मीले जानकारी दिनुभयाे ।

आगामी वर्षमा थप बजेट विनियोजनका लागि सकारात्मक पहल भएको उहाँको भनाइ छ। यसअघि एमडी पढाइ सुरु भएको प्रतिष्ठानमा चालु आर्थिक वर्षदेखि नै एमबिबिएसको पढाइ सुरु हुनेछ।

प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएसँगै दाङ र यस आसपासका क्षेत्रका विद्यार्थीहरूलाई चिकित्सा विषय अध्ययनका लागि निकै सजिलो हुने महासचिव पोखरेलले बताउनुभयो। साथै डाक्टर विषय पढाइ हुँदा उपचारमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ। विद्यार्थीलाई अध्यापन गराउने र उपचार गर्ने डाक्टरहरूको उपलब्धता हुने भएकाले प्रतिष्ठानको सेवा सुधारमा निकै सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *