विश्वकै अग्लो त्रिशूल परिसरमा सवा करोड दीप प्रज्वलन

विमल योगी

दाङ, ३१ साउन। दाङको घोराही-५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा जारी शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृंगारिक महाआरतीमा आज सवा करोड दीप प्रज्वलन गरिएको छ ।

महायज्ञ तथा महाआरती औपचारिक रूपमा सकिनुअघि आज बिहीवार बेलुका सवा करोड दीप प्रज्वलन गरिएको हो । विभिन्न भक्तजनहरूबाट संकलित दीप विश्वकै अग्लो त्रिशूल रहेको स्थानमा प्रज्वलन गरिएको समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो ।

आध्यात्मिक जागरणसँगै धारापानीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न साउन २ गतेदेखि सुरु भएको महायज्ञ तथा महाआरतीको समापन ३२ गते भोलि गरिनेछ । श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृंगारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्वान पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक रहनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *