द्वन्द्वलाई शान्तिमा बदल्ने बलियो आधार तयार : महासचिव पाेख्रेल

चेतना अनलाइन

काठमाण्डाैं । नेकपा (एमाले) का महासचिव शंकर पाेख्रेलले द्वन्द्वलाई शान्तिमा बदल्ने बलियो आधार तयार भएकाे बताउनुभएको छ ।
आज प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि महासचिव पाेख्रेलले यस्ताे प्रतिक्रिया दिनुभएको हाे ।

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पाेख्रेले पाेष्ट गर्नुभएकाे छ- “लामो समयपछि संक्रमणकालिन न्यायको अन्योल अन्त्य भएको छ । पीडित मैत्री कानुन संसदवाट पारित भएको छ । द्वन्द्वलाई शान्तिमा बदल्ने अन्तिम कार्य सफल पार्ने बलियो आधार तयार भएको छ । हामी सबैलाई बधाई ।”

राष्ट्रिय सभाबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यसले कानुनको रूप लिनेछ ।

यससँगै द्वन्द्वकालीन घटनाको सत्य निरुपण गर्ने, गम्भीर मानवअधिकार उल्लंघनका घटनामा अभियोजन र पीडितलाई परिपूरणको प्रक्रियाले गति लिने नेताहरुको विश्वास छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *