दाङमा अखिल (क्रान्तिकारी) को पालिका सम्मेलनहरू अन्तिम चरणमा

चेतना अनलाइन

घाेराही । अखिल (क्रान्तिकारी) को पालिका सम्मेलनहरू अन्तिम चरणमा पुगेका छन् ।

यही भदौ ९ गते हुन थालेको जिल्ला सम्मेलनको तयारी स्वरुप अखिल (क्रान्तिकारी) ले पहिलो चरणमा सबै क्याम्पसहरूमा संगठन विस्तार गरेको छ । त्यसैगरी पालिका सम्मेलनहरु पनि अन्तिम चरणमा पुगेको संगठनका अध्यक्ष गिरबहादुर महराले जानकारी दिनुभयाे ।
पालिका सम्मेलन सकिए लगत्तै भदौ ९ गते जिल्ला सम्मेलन हुने उहाँले जानकारी दिनुभयो । सम्मेलनको चरणमा विद्यार्थीहरूमा नयाँ उत्साह देखिएको उहाँको भनाइ छ ।

यसरी गठन भएका छन् कमिटी

१. अखिल (क्रान्तिकारी) राजपुर गापा समितिको दोश्रो सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) राजपुर गाउँपालिका समितिको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले भानुभक्त यादवको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमिति :
१. अध्यक्ष – भानुभक्त यादब
२. उपाध्यक्ष – दयाराम यादब र रामसरण यादब
३. सचिब – तिलक बिक
४. सह सचिब – श्रवण कुमार यादब, प्रेमचन्द्र यादब, र सुस्मिता चौधरी
५. कोषाध्यक्ष – प्रतिमा बुढा

 

२. जनता क्याम्पस गढवाको दोश्रो सम्मेलन सम्पन्न भएको छ ।
कार्यसमिति (१३ सदस्यीय)
१. अध्यक्ष – गोबिन्द प्रसाद यादब
२. उपाध्यक्ष – ओमप्रकास यादब र कुलप्रसाद यादब
३. सचिब – अजयकुमार यादब
४. सह सचिब – सुनिता यादब , पुजा सुनार
५. कोषाध्यक्ष – जुनु पुनमगर

 

३.जनज्योति मा वि बेलामा भेला सम्पन्न भएको छ । भेलाले श्रवणकुमार यादबको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमिति
१. अध्यक्ष – श्रवण कुमार यादब
२. उपाध्यक्ष – प्रेमचन्द्र यादब, सुस्मिता चौधरी
३. सचिब – रुमिसरा बिक
४. सह सचिब – अरुणिमा बिक, आयुफ अहमत
५. कोषाध्यक्ष – प्रतिमा बुढा

अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य जंग रोकाको प्रमुख आतिथ्यता एबम केन्द्रिय सदस्य कल्याण अधिकारीको बिशिस्ट आतिथ्यता तथा जिल्ला संयोजक गिरबहादुर महरा , देउखुरी बहुमुखी क्याम्पस लमहिका स्ववियु अध्यक्ष भरत भुसाल, संगठन महेन्द्र बहुमुखी क्याम्पसका इकाई अध्यक्ष प्रसान्त पोखेलको आतिथ्यतामा भेला , सम्मेलन तथा बैठक सम्मेलन सम्पन्न भएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *