घोराही, २७ साउन । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भएका कामहरूको समीक्षा तथा सार्वजनिक सुनुवाइको कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा तथ्यांक अधिकृत भीमबहादुर चौधरीले नगरका विभिन्न महाशाखा, शाखा, र वडाहरूले गरेका कामहरूको प्रगतिविवरणका बारेमा जानकारी गराउनुभएको छ। समाजका लागि सञ्चार पैरवी नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाइको आयोजना गरिएको हो।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरू, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकार, विद्यार्थी, शिक्षक लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।