नयाँ पुस्ताले आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्छ : पुन

कमिरेचौर । बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले अग्रज पुस्ताले गरेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक समृद्धिमार्फत जनताको जीवन बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ।

अखिल (क्रान्तिकारी) बङ्गलाचुलीको दोस्रो पालिका सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। हजारौं जनताको बलिदानीपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै अध्यक्ष पुनले यसलाई थप बलियो बनाउँदै जनताको घर-घरमा परिवर्तनको अनुभूति गराउन आर्थिक समृद्धिको अभियान घनिभूत बनाउनुपर्ने बताउनुभएको छ।

उहाँले आफ्नो पालिकामा पूर्वाधार विकासलाई गति दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई जोड दिँदै लगेको बताउनुभएको छ। माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहनुभएका पुनले माओवादी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको मूल नीतिका आधारमा देशव्यापी अभियान घनिभूत बनाएर लैजाने बताउनुभएको छ।

अखिल (क्रान्तिकारी) बङ्गलाचुली गाउँपालिका संयोजक मधुसूदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन समिति संयोजक नरेन्द्र केसी, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सचिव सुदर्शन पुन, प्रदेश सचिवालय सदस्य प्रतीक अधिकारी, जिल्ला संयोजक गिरबहादुर महरा, माओवादी केन्द्रका जिल्ला सदस्य नारायण डाँगी, बङ्गलाचुली-३ का वडा अध्यक्ष शोभाराज विश्वकर्मा, प्रेस सेन्टर दाङका कोषाध्यक्ष जीवन नेपाली, अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य हिमाल महरा र गोविन्द मल्लले शुभकामना दिनुभएको थियो।

कार्यक्रमको सहजीकरण सिर्जना विश्वकर्माले गर्नुभएको थियो। सम्मेलनले सचिन परियारको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका समिति चयन गरेको छ, जसमा उपाध्यक्षमा सिर्जना विश्वकर्मा, जया थापा र दुर्गाबहादुर परियार, सचिवमा थम्मन परियार, सहसचिवमा मीना डाँगी, ममता रावत, हिमाल नेपाली, र कोषाध्यक्षमा दीपशिखा ओली चयन हुनुभएको छ। सम्मेलनले पालिका इन्चार्जमा मधुसूदन गिरीलाई चयन गरेको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *