खेलकुद महासङ्घ घोराहीको अध्यक्षमा अभिनाश

चेतना अनलाइन

घाेराही, २६ साउन । नेपाल खेलकुद महासङ्घ घोराही उपमहानगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ।
भेलाले अभिनाश राना मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा आकाश बुढा, सचिव एलिसा खड्का, कोषाध्यक्ष सुशील बानिया, सह-सचिव बिमल बिष्ट र दिपेश पुनमगर चयन हुनुभएको छ।

त्यसैगरी महासङ्घको सदस्यमा सरोज कुमाल, अनुराग रोका, सन्तोष बुढा, सञ्जीव विश्वकर्मा र कमल पुन चयन हुनुभएको छ।

भेला नेपाल खेलकुद महासङ्घ दाङका अध्यक्ष अभिषेक बुढामगरको अध्यक्षता एवं नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज दिनेश आचार्यको प्रमुख आतिथ्यता र आदिवासी केन्द्रीय सचिव विवेक श्रेष्ठको विशिष्ट अतिथितामा सम्पन्न भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *