जिल्लास्तरीय विद्यालय तह फूटबलकाे उपाधि पद्माेदयलाई

चेतना अनलाइन

घाेराही, १४ असार । गुर्जे युवा क्लव हापुर बिजाैरीले आयोजना गरेकाे दाङ्ग जिल्लास्तरीय विद्यालय तहकाे फुटबल प्रतियोगितामा आज भएको फाईनल खेलमा सिद्ध रत्ननाथ‌ मा वि नारायणपुर लाई १-० गाेल अन्तरले पराजित गर्दै पद्माेदय पब्लिक नमुना माध्यमिक विद्यालयले जित हात पारेको छ ।

फाईनल खेल जितेसँगै नगद १ लाख पुरस्कार प्राप्त गरेकाे छ । साथै उत्कृष्ट खेलाडी निशान घर्ती मगर र उत्कृष्ट डिभेन्डर मनित घर्तिमगरले प्राप्त गरेकाे पद्माेदयका अतिरिक्त क्रियाकलाप संयोजक आराधना सिंह ठकुरी ले जानकारी दिनुभयो ।

खेलमा सहभागी पद्माेदयका विद्यार्थीहरूकाे तर्फबाट टीम काेचकाे रूपमा देबेन्द्र सिं ठकुरी र टिम व्यवस्थापककेरूपमा मिनेश श्रेष्ठले भूमिका निर्वाह गर्नुभएको थियाे ।

खेलमा भेषराज पाण्डेयले स्वास्थ्यकर्मीकाे भूमिका निर्वाह गर्नुभएको थियाे ।

खेलाडी विद्यार्थीहरूलाई हाैसला दिन विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू र कर्मचारीहरू खेल मैदान क्षेत्रमा पुग्नुभएकाे थियाे ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *