विद्यार्थीकाे सिकाइ उपलब्धि सुधार्न पद्माेदयमा अभिभाव शिक्षा कार्यक्रम

चेतना अनलाइन

घाेराही, १४ असार । पद्माेदय पब्लिक नमुना माध्यमिक विद्यालय घाेराहीले अभिभावक शिक्षा कार्यक्रम गरेकाे छ ।
विद्यालयले कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरूका अभिभावकहरूलाई सचेतनामुलक अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेकाे हाे ।

विद्यार्थीहरूकाे शैक्षिक गुणस्तर सुधारका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएकाे विद्यालयका अध्यक्ष विकास चाैधरीले जानकारी दिनुभयाे । “विद्यालयकाे पढाइले मात्र विद्यार्थीहरूकाे शैक्षिक सुधार हुन सक्दैन,” उहाँले भन्नुभयो, “विद्यार्थीहरू धेरै समय घरमा बस्ने भएकाले अभिभावकहरू सचेत हुन जरुरी छ ।”
अभिभावक सचेत हुँदा विद्यार्थीकाे सिकाइ उपलब्धिमा सुधार आउने चाैधरीकाे भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चाैधरीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावक संघका अध्यक्ष विश्वराज आचार्य र विद्यालयका प्रधानाध्यापक लाेकबहादुर बस्नेतले मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रमकाे प्रशिक्षक देशराज दाहाल रहनुभएकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन विदयालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पाण्डेले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *