दाङ, १२ असार । गुरुकुल एकेडमीले विभिन्न विधामा विशेष छात्रवृत्ति योजना ल्याएको छ ।
गुरुकुल एकेडेमीमा कक्षा ११ मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरूकाे लागि विभिन्न बिधामा ननयाँ छात्रवृत्ति याेजना ल्याएको गुरुकुल एकेडेमी प्लस टु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिनुभयो ।
विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै गुरुकुल एकेडेमीले कक्षा ११ को विज्ञान विषयको लागि मासिक शुल्क रु ५००० निर्धारण गरेको छ भने एसइईमा ए प्लस नतिजा ल्याउने विद्यार्थिहरुलाई मासिक शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरेको छ ।
यसैगरी ए ल्याउने विद्यार्थिहरुको लागि मासिक शुल्कमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको संयोजक शाहले बताउनुभयो । यसैगरी कक्षा ११ व्यवस्थापन संकायमा भर्ना हुन आउनेहरुको लागि मासिक शुल्क रु ४५०० निर्धारण गरिएको व्यवस्थापन संयोजक राजन अधिकारीले जानकारी दिनुभयो । जसमा एसईईमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई ५० प्रतिशत छुट हुने छ भने ए ल्याउनेलाई ३० प्रतिशत छुट र वी ल्याउने लाई मासिक शुल्कमा २० प्रतिशत छुट गरीने पनि संयोजक अधिकारीले बताउनुभयो ।
गुरुकुल एकेडेमीमा प्सल टु अध्ययण गरेका विद्यार्थिहरुले विद्यालयको पठनपाठनमा कुनै कमि नभएको बताएका छन् । साथै अभिभावकहरुले पनि प्लसटुका लागि गुरुकुल नै रोज्ने गरेका छन् । गुरुकुलबाट प्लस टु गरेका विद्यार्थीहरुले पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायत विभिन्न कलेजमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ ।