राप्ती बबई क्याम्पसले आज एक कार्यक्रमको आयोजना गरि तुलसीपुर उद्योग वाणिज्य सङ मा निर्वाचित अध्यक्ष लगाएत लाई स्वागत तथा सम्मान गरेको छ ।
क्याम्पस सन्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सम्मानित ब्यक्तित्व तुलसीपुर उद्योग वाणिज्य सङका अध्यक्ष एवम राप्ती बबई क्याम्पसका कोषाध्यक्ष बिनिल केसिले राप्ती बबई क्याम्पस को अर्थतन्त्र मजबुत हुदा तुलसीपुर तुलसीपुरको अर्थतन्त्र बलियो हुने भन्दै निजि क्षेत्र सार्बजनिक सस्थाहरु सङ्ग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो, साथै उहाले तुलसीपुर को सुरक्षा चुनौतिलाइ न्यूनीकरण गर्न र बजार ब्यबस्थित गर्न उद्योग बाणिज्य संघले शुन्दर तुलसीपुर – सुरक्षीत तुलसीपुर अभियान अगाडि बढाएको बताउनु भयो ।
,त्यस अवसरमा सम्मानित ब्यक्तित्व तुलसिपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एबम राप्ती बबई क्याम्पस सन्चालक समितिका सदस्य नरेसकुमार राजभण्डारी , क्याम्पस सभा सदस्य सम्मानित ब्यक्तित्व तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य चिन्तामणी आचार्य, राप्ती बबई क्याम्पस प्राध्यापक संघका इकाई सभापति भुप बहादुर बुढाथोकी , राप्ती बबई क्याम्पस कर्मचारी संघका अध्यक्ष दामोदर सापकोटा लगाएतले बोल्नु भएको थियो ।
राप्ती बबई क्याम्पस सन्चालक समिती उपाध्यक्ष मिनराज ओलिले स्वागत गर्नु भएको सम्मान कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख गणेश पार्धेले गर्नुभएको थियो ।