घाेराही, ५ असार । राप्ती ईञ्जिनियरिङ कलेज घोराही दाङ, सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाण्डौ र स्वर्गद्वारी सामुदायिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा घाेराहीमा “एआई-संचालित कौशल वृद्धि र उदीयमान सञ्चार प्रविधिहरू” विषयक राष्ट्रिय सम्मेलन हुने भएकाे छ ।
सम्मेलनमा एआईकाे पछिल्लो विकास र नयाँ सम्भावना लगायतका विषयमा छलफल हुने राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले जानकारी दिनुभयाे । घाेराहीकाे माला इनमा शनिबार बिहान ८ बजे देखि शुरू हुने सम्मेलनमा एआई सम्बन्धि रुचि राख्ने जाे काेही सहभागी हुन पाउने छन् ।
एकदिने सम्मेलनमा सहभागी हुन एक हजार रूपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थीहररूले भने ५० प्रतिशत सहुलियतमा ५ सय रूपैयाँ मात्र शुल्क तिर्नुपर्ने छ । साे शुल्क तिरेपछि सहभागीलाई खाना, नास्ता, स्टेसनरी र प्रमाणपत्र आयाेजकले व्यवस्था गर्ने छ ।