सामाजिक सञ्जालमा अनावश्यक पाेष्ट भएकाेप्रति सिद्ध रत्ननाथ क्याम्पसकाे ध्यानाकर्षण

घाेराही, ३ असार । सिद्घ रत्ननाथ क्याम्पस नारायणपुरले परीक्षाकाे विषयमा अनावश्यकरूपमा सामाजिक सञ्जाल भएका पाेष्टहरूप्रति ध्यानाकर्षण भएकाे जनाएको छ ।

क्याम्पस प्रमुख दीपक लामिछानेले विज्ञप्ति निकालेर स्नातक तह चाैंथाे वर्षकाे परीक्षामा परिक्षार्थी र सहायक केन्द्राध्यक्ष बीच बुझाइमा केही फरक पर्न गएकाे विषयलाई सामाजिक सञ्जालमा अनावश्यक रूपमा प्रचार गरिएकाे उल्खे गरिएकाे छ ।

 

विज्ञप्तिमा साे विषयमा आपसी समझदारीमा समस्या समाधान भइसकेको उल्लेख गरिएकाे छ । विज्ञप्तिमा परिक्षालाई व्यवस्थित मर्यादित बनाउन शिक्षक, विद्यार्थी, सरोकारवाला लगायत सामाजिक संजाल प्रयोगकर्ता तथा मिडियाहरुको पनि विशेष भूमिका रहने हुदा रचनात्मक सहयोगको अपेक्षा गरिए काे उल्लेख गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *