किसानलाई कृषि उपकरण प्रदान

चेतना अनलाइन

घाेराही । घोराही उपमहानगरपालिकाले कृषि व्यवसायलाई प्रबद्र्धन गर्न किसानहरुलाई विभिन्न कृषि उपकरणहरु प्रदान गरेको छ ।

चालु आर्थिक बर्षको कार्यक्रम बजेटबाट व्यवसायीक किसानहरुलाई विभिन्न उपकरणहरु अनुदानमा प्रदान गरेको हो । उपमहानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रबद्र्धन शाखाले व्यवसायी कृषि फर्म चलाएका १० जना किसानलाई एक एक थान घाँस काट्ने विद्युतिय च्यापकटर मसिन, ७ जनालाई एक एक पम्पसेट, १५ जना किसानलाई एक एक थान मोटर र एक जनालाई एक थान कर्न सेलर (मकै फोक्ने मेसिन) नगर प्रमुख नरुलाल चौधरी र शाखा प्रमुख श्रीधर अधिकारी हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले उपकरणहरुको अधिकतम सदुपयोग गरि आयआर्जनमा बृद्धी ल्याउन अनुरोध गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *