चेतना अनलाइन
घाेराही, ३१ जेठ । मुलुक विकासका लागि प्राविधिक शिक्षाकाे भूमिका महत्त्वपूर्ण हुने कुरामा एक कार्यक्रमका सहभागीहरूले जाेड दिएका छन् ।
शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घाेराही, १७ दाङले शिक्षालय प्राङ्गणमा स्थापना भएकाे प्यारापेटकाे विषयमा आयाेजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बाेल्ने वक्ताहरूले साे कुरा बताएका छन् । उनीहरूले अबकाे नयाँ पुस्तालाई व्यवहारिक र जीवन उपयाेगी शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा शिक्षालयका प्रमुख माेतीलाल चाैधरीले यस क्षेत्रकाे शिक्षाकाे विकासका लागि सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयकाे भूमिका महत्त्वपूर्ण भएकाे बताउनुभयाे ।
घाेराही, १७ नं वडा अध्यक्षका रामलाैटन चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन प्रशिक्षक केशरमा बुढाथोकीले गर्नुभएकाे थियाे ।
इञ्जिनियर धर्म आचार्यले प्यारापेटकाे लागतकाे बारेमा जानकारी दिनुभएको थियाे ।








