चेतना अनलाइन
घाेराही, ३० जेठ । दाङको घोराहीस्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको ७७ ओैं वार्षिक उत्सवको अवसरमा आयोजित खेलकुद कार्यक्रममा विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका छन् ।
जसअन्तर्गत एक सय मिटर दाैडमा छात्रातर्फ गीता महरा प्रथम र एञ्जिला थापा द्वितीय भएकी छन् । त्यसैगरी छात्रतर्फ युवराज घर्ती प्रथम र टीषण बुढा द्वितीय भएकाे विद्यालयका अतिरिक्त पाठ्यक्रम गतिविधि संयोजक आराधना सिंह ठकुरले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०० मिटर दौड प्रतियोगितामा छात्रातर्फ आशिका चौधरी प्रथम र मनकुमारी घर्ती द्वितीय भएकी छन्। त्यसैगरी छात्रतर्फ मनित घर्ती मगर प्रथम र पारस पुनमगर द्वितीय भएकाे ठकुरीले बताउनुभयाे ।
त्यसैगरी लङ्ग जम्पमा छात्रातर्फ सिन्धु चौधरी प्रथम र सुस्मिता जिसी द्वितीय भएका छन्। छात्रतर्फ बुश्धान चौधरी प्रथम र मनित घर्ती मगर द्वितीय भएका छन्।
८०० मिटर दौडमा छात्रातर्फ मेनुका पुनमगर प्रथम र उर्मिला बस्नेत द्वितीय भएकी छन्। सो प्रतियोगितामा छात्रतर्फ तिसान बुढा मगर प्रथम र मिलनसेन ठकुरी द्वितीय भएका छन् ।
३०० मिटर दौडमा छात्रातर्फ अंशु घर्ती मगर प्रथम र सुस्मिता घर्ती द्वितीय भएका छन्। सो प्रतियोगितामा छात्रतर्फ इन्द्रजित खड्का प्रथम र रमेश घर्ती मगर द्वितीय भएका छन्। सर्टफुट खेलमा छात्रातर्फ डाेल्मा विक प्रथम र मेनुका पुन द्वितीय भएकी छन्। छात्रतर्फ आकाश विक प्रथम र सञ्जय थारु कुमाल द्वितीय भएका छन् ।
विभिन्न खेल प्रतियोगितालाई हौसला प्रदान गर्न मैदानमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी, विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत, शिक्षकहरू रोमर्स आचार्य पिताम्बर पौडेल, विद्यालयका प्रशाशक मिनेश श्रेष्ठलगायत पुग्नुभएको थियो ।
प्रतियोगी तामा विजयीहरूलाई वार्षिक उत्सवको अवसरमा पुरस्कार प्रदान गरिने खेल शिक्षक देवेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।
विद्यालयले यही असार २ गते वार्षिकोत्सव मनाउँदैछ।
