पद्माेदयमा खेलकुद सप्ताह शुरू

चेतना अनलाइन

घाेराही । पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय भरतपुर दाङको वार्षिकोत्सबको अवसरमा खेलकुद सप्ताह आजबाट सुरु भएको छ ।

विद्यालयकाे ७७ औं वार्षिकोत्सबको अवसर पारेर खेलकुद सप्ताहको एक कार्यक्रममा बिद्यालयले रेफ्रिलाई सिट्ठी तथा बल हस्तान्तरण गरि कार्यक्रमको उद्धघाटन भएको थियो ।

बिद्यार्थीलाई खेलप्रति आकर्षण गर्नका लागि शिशु देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराईएको थियाे । जसमा ४ समुह सहभागी भएका थिए ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा पाण्डे, मा.वि संयोजक नारायण प्रसाद पोखरेल, अतिरिक्त पाठ्यक्रम गतिविधिका संयोजक आराधना सिंह ठकुरी, विद्यालय प्रशासक मिनेष श्रेष्ठ, शिक्षक शक्तिराम वलि र अमर डाँगी र खेलकुद रेफ्री शिब श्रेष्ठ लगायतको उपस्पस्थिति रहेकाे थियाे ।

विद्यालयका कर्मचारी भेषराज पाण्डेयले ब्यबस्थापन गर्नु भएको उक्त खेल ५ दिन सम्म संचालन हुने खेल शिक्षक देबेन्द्र सिं ठकुरीले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *