दाङका किर्तन भण्डारी बुद्धिचाल लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा प्रथम

चेतना अनलाइन

घाेराही, २७ जेठ । नेपाल बुद्धिचाल संघ लुम्बिनी प्रदेशको आयोजनामा भएकाे १५ वर्ष मुनिका लुम्बिनी स्तरीय राष्ट्रिय प्रतियोगिता छनोटमा दाङका किर्तन भण्डारी प्रथम भएका छन्।

आगामी जेठ ३०, ३१ र ३२ गते पोखरामा हुन थालेको राष्ट्रिय प्रतियोगिताका लागि संघले आयोजना गरेको लुम्बिनी स्तरीय छनोट प्रतियोगितामा उनी प्रथम भएका हुन् ।

प्रतियोगितामा रुपन्देहीका सुशान्त अर्याल दोस्रो र बाँकेका आरुस नाग तृतीय भएका छन् । प्रतियोगितामा रूपन्देहीका टोपराज अधिकारी चौथो हुन सफल भएका छन्।

महिलातर्फ ईशा गिरी प्रथम, अन्जना थापा मगर दोस्रो, खुसी बाठा मगर तृतीय र भावना रोका मगर तृतीय हुन सफल भएकाे बुद्घचाल संघ दाङका अध्यक्ष अनिल सेर्पालीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार राष्ट्रिय प्रतियोगितामा एउटा प्रदेशबाट पुरुष ४ र महिला ४ गरेर ८ जना सहभागी हुन पाउछन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *