घोराही, जेठ १७ । घोराही उपमहानगरपालिका २ मा रहेको जनता माध्यामिक विद्यालय बुँकाले बिहीबार विभिन्न कार्यक्रम गरी ६५ औं बार्षिकोत्सव मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम घर्तीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख राममणि पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकका विचमा समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष चित्रबहादुर चौधरी, विद्यालयका पूर्व प्रधानाध्यापक शंकरशिह ठकुरी,चेतनाथ गौतम,पूर्व जिल्ला शिक्षा अधिकारी युवराज पोख्रेल, गंगा माध्यामिक विद्यालय रामपुरका प्रधानाध्यापक शशिधर उपाध्यक्ष, आधारभूत विद्यालय सुनपुरका प्रधानाध्यापक बिजय अधिकारी,कक्षा नौ कि छात्रा सुबाष्ना पाण्डेयलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुस्करनाथ अधिकारीले विद्यालयको आर्थिक तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका पूर्व शिक्षक शंकरसिंह ठकुरी,कमलराज पोख्रेललाई विदाई तथा नयाँ प्रधानाध्यापक पुस्करनाथ अधिकारी,प्रतिमा बोहरालाई स्वागत गरिएको थियो । साथै कार्यक्रममा बार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको विभिन्न विद्यागत प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।
बार्षिकोत्सवका अवसरमा खेलकुदमा महत्वपूणर् योगदान गर्ने शिक्षकहरु चुडामणि पाण्डेय, भावना चौधरी, बोधिलाल चौधरी, प्रतिमा बोहोरा तथा विद्यालयमा लामो समयदेखि योगदान पुर्याएवापत शिक्षकहरु पुणर्प्रसाद पोख्रेल, नमराज पाण्डेय, सिता लम्साल र नविना घिमिरेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा अक्षकोष स्थापना गर्ने अक्षकोषदाताहरुलाई सम्मानसँगै विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक पूणर्प्रसाद पोख्रेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रम सहजीकरण शिक्षिक शान्ता अर्यालले गर्नुभएको थियो ।