चेतना अनलाइन
घाेराही, ३० चैत । राप्ती बबई क्याम्पस तुल्सिपुर दाङले आज एक कार्यक्रमको आयोजना गरि लायन्स क्लब 325 N डिष्ट्रीक गभर्नर बिनोद कुमार श्रेष्ठ लाई स्वागत तथा सम्मान गरेको छ ।
क्याम्पस सन्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मी को अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथी सम्मानित ब्यतित्व बिनोद कुमार श्रेष्ठले लायन्सले सामाजिक कार्यमा महत्वपूर्ण भुमिका खेलेको बताउदै क्याम्पसमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
तेस्तै कार्यक्रमका बिशिस्ट अतिथी लायन्स क्लब 325 N का सेक्रेटरी टिकाजङ बिकले लायन्सले सामाजिक कार्यका साथै ब्यक्तिको नेतृत्व र क्षमता बिकास गर्ने भएकाले लायन्समा जोडिन आग्रह गर्नु भयो ।
क्याम्पस प्रमुख गणेश पार्धेले सहजीकरण गरेको कार्यक्रममा राप्ती बबई क्याम्पस कर्मचारी संघ का अध्यक्ष दामोदर सापकोटा , पव्लिक क्याम्पस प्राध्यापक संघ इकाई सभापति भुपबहादुर बुढाथोकी लगाएतले क्याम्पसको भौतिक एवम शैक्षिक विकासमा सहयोग गर्न आग्रह गरेका थिय ।
हालै भएको लायन्स 325 N को नेपालगन्ज मा भएको सम्मेलन वाट तुल्सिपुर निवासी बिनोद कुमार श्रेष्ठ र टीका जङ बिक निर्बाचित हुनुभएको थियो ।