राेल्पाली सेवा समाजकाे भवन निर्माणका लागि वलीद्वारा एक लाख पाँच हजार सहयाेग

घाेराही, २६ वैशाख । रोल्पाली सेवा समाजको भवन निर्माणका लागि घोराही निवासी युवा व्यवसायी एवं समाजसेवी हरि वलीले १ लाख ५ हजार रूपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।

उहाँले समाजका अध्यक्ष मदन वली र कार्यसमिति सदस्य हरिप्रसाद डाँगीलाई सहयाेग रकमकाे चेक हस्तान्तरण गर्नुभएको हाे ।

आफ्नी आमा पिउमाली वलीकाे स्मृतिमा भवन निर्माणका लागि साे रकम हस्तान्तरण गरेकाे वलीले बताउनुभयाे । ‘भाेली मातातीर्थ औंशी हाे, त्यसकाे पूर्वसन्ध्यामा मैले सहयाेग रकम हस्तान्तरण गरेकाे हुँ,’ वलीले भन्नुभयाे, ‘अहिलेसम्म मेराे जे प्रगति र उन्नति भयाे, त्याे आमाबुबाकाे आशीर्वादले नै हो ।’

वलीले विगतमा पनि विभिन्न सामाजिक काममा आर्थिक सहयाेग गर्दै आउनुभएको छ ।

राेल्पाली सेवा समाजले घाेराही १३ मा भवन निर्माण गरिरहेकाे छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *