मावि सौडियारमा सिसि क्यामेरा जडान गरिने, रिक्त विव्यस सदस्यमा कवर निर्विरोध चयन

दाङ । श्री माध्यमिक विद्यालय घोराही ७ सौडियारको रिक्त रहेको एक जना विद्यालय ब्यवस्थापन समिती सदस्यमा अभिभाबक भिमबहादुर कवर निर्बीरोध चयन भएका छन ।

बिद्यालयको आज सम्पन्न अभिभाबक भेलाले घोराही ५ डाङ्गीगाउँ निवासी कवरलाई बिब्यस सदस्यमा सर्ब सहमतिबाट चयन गरेको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही उपमहानगरको शिक्षा महाशाखाका आठाै तहका शाखा अधिकृत घनश्याम वलिको प्रमुख आतिथ्यता एब घोराही उपमहानगर ७ का वडा कार्यालय सदस्य लौटन चौधरीको बिशिष्ट आतिथ्यतामा अभिभाबक भेला सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी शाखा अधिकृत वलिले अभिभाबक, शिक्षक, बिब्यससहित समाजका सबै पक्ष मिलेर शैक्षिक सुधारका निमित्त लागि पर्नुपर्ने बताए । उनले बिद्यार्थी संख्या कम भए भोलिका दिनमा दरबन्दि कट्न सक्ने भन्दै बेलैमा बिद्यार्थी संख्या बढाउन ध्यान दिन आग्रह गरे । शिक्षकहरु विद्यार्थी भएका ठाउँमा जानुपर्ने भन्दै वलिले शिक्षकले भोलीको पुस्तालाई यो पेशाप्रती आकर्षण बढाउने खालका योजना ल्याउनुपर्ने बिचार ब्यक्त गरे । अर्का बिशिष्ट अतिथि घोराही ७ का वडा कार्यालय सदस्य लौटन चौधरीले बिद्यालय बनाउने कुरामा साझा भाबना कायम गर्नुपर्ने बताए । बिद्यालयमा शैक्षिक आकर्षण बढाउन सबैखाले सहयोग गर्न आफुहरु तयार रहेको उनले बताए ।

व्यवस्थापन समिति सदस्यमा चयन भई स्कुलको हितमा काम गर्दै आउनुभएका र आफ्नो कार्य व्यस्तताको कारण स्कुलमा समय दिन नसक्ने हुदा राजिनामा दिनुभएका जिउधन चौधरीको ठाउँमा भेलाबाट उहाँलाई सो जिम्मेवारी दिइएको छ । आफुलाई निर्बीरोध बिब्यस सदस्य चयन गर्न सहयोग गर्ने अभिभाबक, बिब्यस, शिक्षक अभिभाबक संघ, शिक्षक, शिक्षिका, कर्मचारी सबैलाई कवरले धन्यवाद दिए । निबर्तमान बिब्यस सदस्य जीउधनले आफ्नो कार्यकालमा गरेको कार्यको उच्च कदर गर्दै स-सम्मान बिब्यस अध्यक्ष भट्टराई, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवर र निमित्त प्रधानाध्यापक नन्दबहादुर वलिले संयुक्तरुपमा अभिभाबक भेलामा धन्यवाद दिए । बिद्यालयका शिक्षक नारद भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा शिक्षक अभिभाबक संघका अध्यक्ष कवरले बिद्यालयको शैक्षिक सुधारका लागि आफ्ना अनुभबसहितको धारणा राखे ।

अभिभाबक भेलामा निमित्त प्रअ वलिले नयाँ शैक्षिक शत्रदेखि बिद्यालयले मुहार फेर्ने भन्दै खाली घण्टि ब्यबस्थापनदेखि, शिक्षकको ब्यबस्थापन, सिसि क्यामेरा जडान गर्नेसहित भाबी योजना बारे आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक बिष्णु चौधरीले गरेका थिए भने अभिभाबकहरुमा सहजिकरण गर्न बिद्यालयका शिक्षकद्वय शेरबहादुर चौधरी र दामोदर पाण्डेले गरेका थिए ।

बिद्यालयको शैक्षिक सुधारका निमित्त भेलामा अभिभाबकहरुबाट सुझाब संकलन गरिएको थियो । निमित्त प्रअ वलिले अभिभाबकबाट आएका सुझाबहरु कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *