सडक कालोपत्रे भएपछि धौलाडाँडा चोक देखि गोठ्लीगाउँका स्थानीय खुशी 

घोराही उपमहानगरपालिका वडा नम्बर ५ धौलाडाँडा चोक देखि गोठ्लीगाउँ जाने बाटो कालोपत्रे गरिएको छ ।

नगरको बहुबर्षिय योजना अनुसार यस बर्ष ६ सय मिटर सडक अक्सपाल्ट प्रविधीबाट कालोपत्रे गरिएको छ । गोठ्लीगाउँ पुग्न बाँकी थप ६ सय मिटर कालोपत्रे आउने आर्थिक बर्षमा हुने वडा अध्यक्ष विवेक बुढाथोकीले जानकारी दिनुभयो ।

सडक कालोपत्रे भएपछि नगर प्रमुख नरुलाल चौधरी, वडा अध्यक्ष विवेक बुढाथोकी, प्रेस संयोजक निमुसंगम घर्तीले सडकको अबलोकन गर्नुभएको छ ।

धौलाडाँडा गोठ्लीगाउँ टोल विकास संस्थाका अध्यक्ष टीका केसी सहित स्थानीयहरुको उपस्थिती समेत रहेको थियो । गाउँमा यो खालको पिच सडक बनेपछि आफुहरु निकै खुशी भएको स्थानीयहरुले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *