बिन्दु शर्मा
सुस्मिता हेटाैडा हत्याकाण्ड । २०७७ साल असार १ गते राति हेटौंडा उपमहानगरपालिका ४ बस्ने सुस्मिता केसीकाे आफ्नै घरमा आफ्नै परिवारकाे मिलाेमताेमा खाना खाँदै गर्दा हत्या गरिएको थियोे । उक्त हत्या प्रकरणमा जिल्ला अदालत मकवानपुरले मृतक सुस्मिताकाे ससुरा प्रकाश थापा, जेठी छाेरी दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापा अनि ज्वाईं अरुण कार्की लाई २५ बर्ष जेल सजाय ताेकिएकाे थियोे उक्त प्रकरणमा सुस्मिताकाे सासु लाई मतियारकाे रुपमा हत्यामा सहयोग गरेको भन्दै उअदालतले १० बर्ष कैद सुनाएको थियोे ।
तर, उच्च अदालत हेटौंडा ईजलासले उक्त घटनाको याेजनाकार दुर्गा र अरुणलाई सफाइ दिएको भन्दै पिडित परिवार र अभियान्ताहरुले आपत्ति जनाएको थिए । एउटी नारीलाई ढुङ्गाले थिचि थिचि मारिएकालाई यसरी न्यायालयबाट उन्मुक्ति दिनु स्वभनी हाेइन । जिल्ला अदालतको फैसलालाई उच्च अदालतले उल्टाएपछि सुस्मिताका माइतीपक्ष तथा समग्र नागरिकलाई निकै दुखित तुल्याएको छ। हत्याका सम्पूर्ण प्रमाणहरू फेला परिसकेको र जिल्ला अदालतले समेत दोषी ठहर गरिसकेको घटनामा यसरी उच्चले उल्ट्याएपछि विभिन्न शङ्काहरू उत्पन्न भएका छन् ।
सुस्मिताको आत्माको शान्तिका लागि भएपनि दोषीहरुले उन्मुक्ति पाउनु हुँदैन। हामी न्यायालयलाई सम्मान गर्छौं। न्यायालयको निर्णयलाई स्वीकार गर्दछौं तर माथिल्लो तहको अदालतमा जाने अधिकार भने रहेको छ अहिलेको आधुनिक समाजमा पनि यसरी नारीमाथि परिवारको मिलोमतोमा निर्ममतापूर्वक हत्या गरिनु निकै लाजमर्दो विषय हो। न्याय गरिब तथा दुःखीहरू, आवाजविहीनहरू तथा पावर तथा शक्ति लगाउन नसक्नेहरूका लागि पनि हो। कोही नागरिक पनि अन्यायमा पर्नु हुँदैन।
एउटा निर्दाेष चेलीलाई त्यसरी हत्या गर्ने ती हत्याराहरूलाई कडा भन्दा कडा सजाय हुनैपर्छ। सुस्मिताका माइती पक्ष र त्यस क्षेत्रका स्थानीयहरूले हत्यामा अरुण कार्की र दुर्गा कार्की सहभागी भएकाे आराेप लगाएका छन् । जिल्ला अदालतले पनि उनीहरूलाई दाेषि करार गरेर जेल सजाय सुनाएको थियाे । अहिले भने उच्च अदालतकाे फैसला पछि उनीहरू जेल मुक्त छन् । फेरी पनि दाेषि उपर जेल सजाय हाेस् भन्ने हाम्रो चाहना रहेकाे छ ।
काेहलपुर, बाँके








