तुलसीपुर, ३० चैत । नयाँ वर्ष २०८१ को अवसरमा राप्ती बबई क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती बबई क्याम्पस सन्चालक समितिका अध्यक्ष श्याम कुमार रेग्मीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले क्याम्पसको चौतर्फी विकासमा सवै एक जुट भएर लाग्ने बताएका थिए ।
सहायक क्याम्पस प्रमुख सुशील कुमार पन्थीले सहजीकरण गर्नु भएको कार्यक्रममा राप्ती बबई क्याम्पस सन्चालक समितिका उपाध्यक्ष मिनराज ओलि, सदस्य द्वय नरेसकुमार राजभण्डारी, दामोदर लामिछाने, क्याम्पस प्रमुख गणेश पार्धे, प्राध्यापक संघ एकाइ सभापति भुपबहादुर बुढाथोकी ,कर्मचारी संघका अध्यक्ष दामोदर सापकोटा लगाएतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
त्यस अवसरमा बैशाख ८ गते हुने क्याम्पसको १८औ बार्षिक साधारण सभाको तयारिका बारेमा गठित उपसमितिले सन्चालक समिती समक्ष जानकारी गराएका थिए ।








