उद्योग उपाध्यक्ष जोशीद्वारा घोराहीमा कोरोना सचेतना बोर्ड

हिमाल महरा
दाङ, ३२ साउन । दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष , नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष तथा सप्तरङ्गी डिजिटल कलरल्यावका संचालक बसन्त जोशीले बजारका विभिन्न स्थानमा सचेतना बोर्ड राखेका छन् ।

बजारमा भीडभाड बढ्न लागेको र व्यवसायी तथा सेवाग्राहीले सावधानीमा अपनाएर सञ्चालन गर्नु पर्ने साथै ग्राहकलाई सामाजिक दुरी कायम राखी किनमेल गर्न अनुरोध गरिएको सचेतना बोर्ड घोराही बजार मा करिब १५० थान जति राखेका हुन ।

लकडाउन खुकुलो भएको मात्र हो कोरोना सकिएको होईन, त्यसैले भिडभाड नगरौ, भौतिक दुरी कायम गरौ, नगद कारोबार गर्दा संक्रमण सर्ने सम्भावना बढी हुने भएकोले पन्जाको प्रयोग गरौ, सेनिटाईजर प्रयोग गरौ र समय समयमा साबुन पानीले मिचिमिची हात धोऔ, सावधानी अपनाई निश्चित दुरी राखेर व्यापार व्यावसाय संचालन गरौ, कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ संस्थामा तुरुन्त जाँऔ जस्ता लेखिएका सचेतना बोर्ड राखिएको जोशीले जानकारी दिएका छन् । जोशी सामाजिक कार्यमा सकृय रहेका छ्न यस अघिनै चैत मा जन्मदिन को अबसर परि करिब २०० थान ब्यानर पनि राखेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
😃
खुसी
0%
😂
सार्है खुसी
0%
😍
मन पर्‍यो
0%
😮
अचम्मित
0%
😠
आक्रोशित
0%
😢
दुःखी
0%
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *