विकासकाे विषयमा समीक्षा गर्न ‘दाङ सम्मेलन’

चेतना अनलाइन

घाेराही, २८ चैत । दाङ साेसाइटीको आयोजनामा दाङको विकासको विषयमा समग्र समीक्षा गर्न दाङ सम्मेलन गरिने भएको छ।

आगामी वैशाख २१ र २२ गते घोराहीमा दाङको विकासको विषयमा समीक्षा गर्न दाङ सम्मेलन गरिने दाङ सोसाइटीका सचिव जनार्दन आचार्यले जानकारी दिनुभयो । समीक्षा कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, राजनीति दल, जिल्लामा सराेकार राख्ने सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा नागरिक अगुवाहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा विगतदेखि दाङमा विकासका लागि गरिएका प्रयासहरू, अवरोधहरू र आगामी कार्ययोजनाको विषयमा गम्भीर समीक्षा गरिनेछ। यसले दाङको एकीकृत विकासका लागि थप योजना बनाउन र काम गर्न सहयोग पुग्ने आचार्यले धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा दाङ घर भई प्रशासनिक क्षेत्रको उच्च तहमा पुग्नुभएका कर्मचारी तथा पूर्व कर्मचारीहरू समेत सहभागी हुने आयोजकले बताएको छ। कार्यक्रमको अन्तिम दिन घोराही घोषणापत्र जारी गरिने छ ।

कार्यक्रममा जिल्लाको विकासका लागि नीतिगत कुरा, प्राविधिक पक्ष, बजेट सुनिश्चितताका आधारहरु र समन्वयका विषयमा गम्भीर समीक्षा गरिने आचार्यले बताउनुभयो ।

दाङ सोसाइटीले विगतदेखि नै विभिन्न विषयमा सरोकारवाला निकायहरूसँग छलफल गर्दै आएको छ। दाङको विकासको विषयमा आगामी दिनमा पनि फलोअप छलफल भइरहने आचार्यले बताउनुभयो ।

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *