राप्ती प्रतिष्ठानमा देशकै उत्कृष्ट जेष्ठ नागरिक सेवा

दाङ, २६ चैत । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ट रहेको जेष्ठ नागरिक सेवा थप प्रभावकारी वन्दै गएको छ । जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै प्रतिष्ठानले नेपालकै पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञको ब्यवस्था गर्दै छुट्टै ओपिडि सेवा पनि सञ्चालनमा ल्याएको छ ।

जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको ब्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी बनाउदै लगेको छ । कडेल हाल प्रतिष्ठानको कामु निर्देशकको जिम्मेवारीमा पनि हुनुहुन्छ । नेपालकै एक मात्र अस्पताल प्रतिष्ठानमा जेष्ठ नागरिक ओपिडिसहित १२ वेडको वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनु भयो । लम्सालले जेष्ठ नागरिकको उपचारमा टेवा पुर्याउने उद्देश्यले हाल प्रतिष्ठानमा टोकन सिष्टम पनि सुरुवात गरिसकेको छ भने फार्मेसीमा पनि जेष्ठ नागरिकलाई औषधि लिनका लागि छुट्टै झ्यालको ब्यवस्था गरिएको छ ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार ६० वर्षदेखि ६९ वर्षसम्मका ५ हजार ८३ जना महिला र ४ हजार ३४ जना पुरुष जेष्ठ नागरिकहरुले ओपिडि सेवा लिएका छन् भने ७० वर्ष भन्दा माथिका ५ हजार १६ जना महीला र ४ हजार ६ सय ८९ पुरुष जेष्ठ नागरिकले ओपिडि सेवा प्राप्त गरेका छन् ।

त्यस्तै ६० वर्ष भन्दा माथिका ५ हजार ४ सय २८ जना जेष्ठ नागरिकहरु उपचारका लागि भर्ना भई सेवा लिएका छन् । जसअनुसार ओसिएमसि ७ जना, सर्जरी सेवा १ हजार २३ जना, प्रसूति सेवा २ हजार ७ सय ३४ जना, अर्थोपेडिक सेवा ५ सय ६५ जना, दन्त सेवा १ जना, नाक, कान घाँटी रोग विशेषज्ञ सेवा १ सय ५४ जना, युरोलोजि सेवा ७८ जना, मानसिक रोग विशेषज्ञ सेवा ५३ जना, अन्य सेवा १ जना, मेडिसिनको सेवा ७ सय ४० जना, वाल रोग विशेषज्ञ सेवा ३२ जना, एमडिजिपि ३४ जना, आँखा रोग विशेषज्ञ सेवा ६ जना भर्ना भई उपचार सेवा लिएका छन् ।

यसैगरेर ६० वर्ष भन्दा माथिका ६३ हजार ८ सय ४० जना जेष्ठ नागरिकहरुले ओपिडिबाट विशेषज्ञ सेवा पाएका छन् । जसअनुसार ओसिएमसी सेवा २८ जना, अर्थोपेडिक सेवा ८ हजार ३ सय ८३ जना, छाला रोग विशेषज्ञ सेवा ३ सय ८४ जना, नाक, कान घाँटी रोग विशेषज्ञ सेवा ३ हजार ५ सय ५४ जना, प्रसूति सेवा ४ सय २९ जना, मानसिक रोग विशेषज्ञ सेवा १ हजार ३ सय २२ जना, रेडियोलोजि सेवा ८४ जना, दन्त सेवा १ हजार ४ सय ९३ जना, आँखा रोग विशेषज्ञ सेवा ५ हजार ३ सय ३९ जना, जेनरल सर्जरी सेवा ४ हजार ४ सय १६ जना, संस्थागत क्लिनिक १ जना, अन्य सेवा अन्तरगत ६ सय ३५ जना, युरोलोजि सेवा १ हजार ८ सय २७ जना, अन्य विभागीय सेवा ६ जना, मेडिसिन तथा जेष्ठ नागरिक ओपिडी वार्डबाट २१ हजार ५ सय ४ जना, वाल रोग विशेषज्ञ सेवा ३ हजार ६ सय ३५ जना, फिजियोथेरापी सेवा ७ जना, दन्त सेवा फलोअप १ जना, इमरजेन्सी सेवा ९ हजार १ सय ६३ जना र एमडिजीपि सेवातर्फ १ हजार ६ सय २९ जनाले ओपिडि सेवा लिएका छन् । यो सेवाग्राहीको संख्या गएको साउनदेखि फागुन मसान्तसम्मको हो ।

स्वास्थ्य मन्त्रालयद्वारा प्रतिष्ठानलाई जेरीयाट्रिकको विशिष्टकृत अस्पतालकोरुपमा सुचिकृत हुनेगरी प्रकृया सुरु

यसैबीच स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा सञ्चालित जेष्ठ नागरिक वार्डलाई थप सुविधा सम्पन्न बनाउने गरी आवश्यक प्रकृया सुरु गरेको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले मन्त्रालयले जेष्ठ नागरिकको विशिष्कृत अस्पतालकोरुपमा सुचिकृत हुने प्रकृया सुरु गरिसकेकाले निकट भविष्यमा यो कार्यले पनि सफलता पाउने बताउनु भयो ।

जेष्ठ नागरिकलाई लक्षित गर्दै प्रतिष्ठानले एमडि गरिसकेको चिकित्सकका लागि ‘जेष्ठ नागरिक फेलोसिप’

त्यस्तै प्रतिष्ठानले जेष्ठ नागरिक विधामा फेलोसिप कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जेष्ठ नागरिकहरुको उपचारमा थप संवेदनशील हुँदै अस्पतालले पाठ्यक्रम नै बनाएर जेष्ठ नागरिक फेलोसिप कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । एमडी गरिसकेका चिकित्सकहरुलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको उहाँले बताउनु भयो ।

मुलुकमा जेष्ठ नागरिकको संख्या बढ्दै गएकाले अस्पतालमा उपचारको थप सुविधा सम्पन्न बनाउन र जेष्ठ नागरिक विशेषज्ञ आवश्यक्ता धेरै नै भएको त्यसको परिपुर्ति गर्न प्रतिष्ठानले आफै नै पाठ्यक्रम बनाई स्वीकृत गराएर जेष्ठ नागरिक फेलोसिप कार्यक्रम सञ्चालनमा ल्याइएको रजिष्ट्रार लम्सालले बताउनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *