सिद्ध रत्ननाथ क्याम्पसका विद्यार्थीलाई स्वागत तथा विदाइ

नारायणपुर । घोराही -१० नारायणपुरस्थित सिद्ध रत्ननाथ क्याम्पसका विद्यार्थीलाई स्वागत तथा विदाइ गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन सिद्ध रत्ननाथ क्याम्पसको आयोजना तथा बिएड तेस्रो वर्षका विद्यार्थीहरुको सहआयोजनामा शनिबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई स्वागत तथा विदाइ गरिएको हो ।

स्वतन्त्र विद्यार्थी युनियन सिद्ध रत्ननाथ क्याम्पसका स्ववियु सभापति मनोज पौडेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिका -१० का वडाध्यक्ष दीपका पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेले विद्यार्थीमा शैक्षिक जागरुण पैदा हुनुपर्छ भन्ने उद्देश्यका स्ववियुको स्थापना भएको बताए ।कार्यक्रमको उद्घाटन गर्दै उनले नारायणपुर क्षेत्रमा सहज रूपमा उच्च शिक्षा प्रदान गर्ने हेतुले यस क्याम्पसको स्थापना भएको कुरामा जोड दिए । विद्यार्थीले क्याम्पसबाट प्राप्त गरेका ज्ञान, सीप र क्षमतामालाई उचित मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने वडाध्यक्ष पाण्डेको भनाइ छ ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रेमबहादुर डाँगीले स्थानीयस्तरका विद्यार्थीहरुको सहजका लागि २०६९ सालमा क्याम्पस स्थापना भएको बताए । यस क्याम्पसले शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सफल भएको समेत उनको जोड थियो ।

क्याम्पस प्रमुख दीपक लामिछानेले स्ववियु गठन भएसँगै पहिलो पटक औपचारिक कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले क्याम्पस स्थापना भएदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । टियुले लिने वार्षिक परीक्षामा यस क्याम्पसले जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेको उनको भनाइ छ । क्याम्पसमा ३ सय ५८ जना विद्यार्थीहरु अध्ययनरत भएको जानकारी दिँदै विद्यार्थीको उज्ज्वल भविष्यका लागि क्याम्पसले गर्नुपर्ने साथ र सहयोग सदैव रहने भन्दै अहिले क्याम्पसमा विविएस र विएडको प्रथम वर्षमा भर्ना चलिरहेको क्याम्पस प्रमुख लामिछानेले बताए ।

क्याम्पस सहायक प्रमुख दामोदर गिरीले यो सामुदायिक क्याम्पसले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै एउटा शैक्षिक हवको रुपमा स्थापित हुँदै गएको बताए । उनले क्याम्पसबाट शिक्षामात्र प्रदान नभएर आम विद्यार्थीका प्रतिभाहरुलाई बाहिर ल्याउने माध्यम पनि भएको कुरामा जोड दिए । क्याम्पस स्थापना कालदेखि नै विद्यार्थीहरुलाई गुणस्तररीयसँगै व्यवहारिक शिक्षा दिनमा क्याम्पस सफल भएको भन्दै थप शैक्षिक उन्नयनका दीर्घकालीन योजनासहित अगाडि बढ्ने उनको भनाइ छ ।

त्यस्तै प्राध्यापक अभिभावक संघका वसन्त श्रेष्ठले यो स्ववियुले पहिले चरण गरेको कार्यक्रम निकै प्रभावकारी भएको कुरामा जोड दिँदै क्याम्पसले शैक्षिक गुणस्तरमा खेलको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

यही चैत ८-१० गतेसम्म घोराहीमा भएको जिल्लास्तरीय स्ववियु कप भलिबल प्रतियोगितामा स्ववियु सिद्ध रत्ननाथ क्याम्पस नारायणपुर प्रथम भएको थियो । सोही प्रतियोगितामा प्राप्त गरेको शिल्डलाई स्ववियुले क्याम्पसलाई हस्तान्तरण गरेको थियो । त्यस्तै स्ववियुले प्रतियोगितामा टिम प्रशिक्षकको भूमिका निर्वाह गर्ने भरत वलीलाई सम्मान पत्रले सम्मान गरेको हो ।

कार्यक्रममा बिबिएस र बिएड प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई खादा र टीका लगाएर स्वागत गरिएको थियो भने क्याम्पसमा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरुलाई विदाइ गरिएको थियो ।

कार्यक्रममा स्ववियु टिमले स्वागत गीत प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रमलाई सव्य, भव्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले एकल तथा सामूहिक विभिन्न संस्कृति झल्किने खालका नृत्य प्रस्तुत गरेका थिए ।

विविन्न प्रतियोगिता सम्पन्न : स्ववियुको योजनामा भएको विद्यार्थी स्वागत तथा विदाइ कार्यक्रममा एकल नृत्य, कुर्सीडौड र घैटाफोर प्रतियोगिताहरु सम्पन्न छन् । एकल नृत्य प्रतियोगितामा क्याम्पस अध्ययनरत छात्रा इशा चौधरी प्रथम भएकी छन्, भने छात्रा अमृता केसी द्वितीय र छात्रा चन्द्रमाया बुढा तृतीय भएका हुन् ।

त्यसैगरी कुर्सीडौड प्रतियोगितामा प्रथम गंगा वली प्रथम भएकी छन्, भने छात्र जिसन डिसी द्वितीय र छात्रा सन्ध्या केसी तृतीय भएका हुन् ।

त्यस्तै घौटाफोर प्रतियोगितामा क्याम्पसमा अध्ययनरत छात्र सन्देश थापा मगर प्रथम भएका छन्, छात्रा पुष्पा चौधरी द्वितीय र छात्र राजु चौधरी तृतीय भएका हुन् ।

स्ववियु सदस्य ग्रीष्मा बिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण क्याम्पसका छात्रा गंगा महरा र काजल पुनले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *