नेपाल ज्योतिष परिषद् दाङकाे अध्यक्षमा पुनः सुवेदी निर्वाचित

चेतना अनलाइन

घाेराही, १० चैत । नेपाल ज्योतिष परिषद् दाङ जिल्ला समितिको अध्यक्ष पदमा पुनः कपिलदेव सुवेदी निर्वाचित हुनुभएको छ।

परिषद्को शनिबार घोराहीमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक समेत रहनुभएका ज्योतिष कपिलदेव सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा पदमबहादुर बस्नेत, ऋषिराम रिजाल र डम्बरुप्रसाद निरौला निर्वाचित हुनुभएको छ।

परिषद्को सचिवमा अर्जुनकुमार आचार्य, सह-सचिवमा विष्णुकुमार देवकोटा र लेखबहादुर थापा, काेषाध्यक्षमा गोविन्दप्रसाद गौतम र सह-कोषाध्यक्षमा पवित्रा पुनमगर चयन हुनुभएको छ।

परिषद्को कार्यसमिति सदस्यमा धनप्रसाद शर्मा, नारायणप्रसाद आचार्य, चन्द्रबहादुर थापा, उज्ज्वल पौडेल, संजीव देवकोटा, झक्कु प्रसाद खड्का, नेत्रप्रकाश शर्मा, किरणप्रकाश एरी, केशरा कडेल, निमकुमारी खड्का, निर्मला पुन र धनेश्वर गौतम निर्वाचित हुनुभएको छ ।

परिषद्का अध्यक्ष कपिलदेव सुवेदीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीकाे प्रमुख आतिथ्यतामा परिषद्काे उद्घाटन कार्यक्रम भएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *