कांग्रेस घोराहीको दोश्रो सम्मेलन शनिवार, केन्द्रीय सदस्य पौडेलले सम्बोधन गर्ने

दाङ, ९ चैत्र । नेपाली कांग्रेस घोराही उपमहानगरको दोस्रो नगर सम्मेलन शनिवार हुने भएको छ । चैत १० गते शनिवार घोराही उपमहानगरपालिका–२ को रामपुरमा हुने दोश्रो नगर सम्मेलनको सबै तयारी पुरा भएको नेपाली कांग्रेस घोराही नगर समितिले जनाएको छ ।

शनिवार विहान ११ :३० बजेदेखि सुरु हुने दोश्रो सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदिप पौडेललगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस घोराही नगर समितिका प्रवक्ता सुरज बुढाथोकीले जानकारी दिएका छन् । सम्मेलनमा नगर कार्यसमितिले गरेका सांगठनिक गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने भएको छ ।

बदलिदो राजनितीक घटनाक्रममा नेपाली काग्रेसको भूमिकालाई अझै प्रभावकारी बनाउन नगर सम्मेलनमा घनिभूत छलफल हुने र नेपाली काग्रेसलाई थप उचाइमा पुराउन सम्मेलन फलदायी हुने नेपाली काग्रेस घोराहीका नगर सभापति तिलक रावतले बताए । पार्टिले लिएको निती र विचारलाई सम्मेलन मार्फत आम नागरीकमा पुराउनका लागि पनि सम्मेलन फलदायी हुने सभापति रावतको भनाइ छ ।

नगर प्रवक्ता बुढाथोकीले दोश्रो नगर सम्मेलनमा उपस्थीतिका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति तथा सदस्यहरु, जिल्ला कार्यसमिति, नेपाली कांग्र्रेस क्षेत्रीय कार्यसमिति तथा सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रका कार्यसमिति तथा सदस्यहरुलाई उपस्थीतिका लागि आग्रह गरेका छन् ।

त्यसैगरी प्रदेश प्रतिनिधिहरु, नगर कार्यसमिति तथा सदस्य, प्रतिनिधि, टोल कार्यसमिति, क्रियाशिल सदस्य तथा भातृसंघ एवं शुभेच्छुक संघसस्थाका पदाधिकारी तथा सदस्य, जनप्रतिनिधि, पत्रकारलगायत नेपाली कांग्रेसप्रति आस्थावन सम्पूर्णलाई सम्मेलनमा उपस्थीतिका लागि नेपाली कांग्रेस घोराही नगर कार्यसमितिले आग्रह गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *