घोराहीमा जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु

चेतना अनलाइन
घाेराही, २ चैत । भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लागि घोराहीमा जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु ।

घोराही उपमहानगरपालिकाले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापन तथा नाप नक्सा सुरु गरेको छ । वडा नम्बर १ को सिमलताला स्यानी चौरबाट जग्गा नाप जाँच थालिएको हो । त्यसका लागि ४ जना प्राविधिक खटिएका छन् ।

वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेयको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, भूमी आयोग जिल्ला अध्यक्ष लेखराज रेग्मी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, नापी कार्यालयका प्रमुख पुरण चौधरी, भूमी व्यवस्थापन शाखा प्रमुख देवराज अधिकारी, वडा सदस्यहरु र स्थानीयको उपस्थितीमा नापजाँच कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले एक पटकका लागि सबैले जग्गा पाउनु पर्ने बताउनुभयो । जग्गा पनि व्यवहारीक र अपनत्व हुने वितरण गर्नुपर्ने बताउनुभयो । पटक पटक जग्गा दिने कामको प्रकृया सुरु भए पनि त्यसले सार्थकता पाउन नसकेकाले अब भने जसरी भए पनि जग्गा दिनुपर्ने गरि काम थालेको जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका भित्र १६ हजार १ सय ४६ जनाको निबेदन प्रविष्ट भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *