वैज्ञानिक महावीर पुनलाई हाेटल सीटी प्लाजाले खान बस्न पूर्ण नि:शुल्क गर्ने

चेतना अनलाइन

घाेराही । आफूले प्रकाशन गरेकाे पुस्तक बिक्रीका लागि देश दाैडाहमा रहनुभएका वैज्ञानिक महावीर पुनलाई घाेराहीमा खान र बस्न पूर्ण नि:शुल्क गरिने भएकाे छ ।

आज बेलुकी घाेराही आइपुग्नुभएका पुनलाई यहाँ रहुन्जेल घाेराहीस्थित हाेटल सीटी प्लाजाले खान र बस्न नि:शुल्क व्यवस्था गर्ने भएकाे हाे ।

हाेटेलले उहाँका लागि यहाँ रहुन्जेल गाडीका चालककाे पनि व्यवस्थापन गरिएकाे छ । मुलुकमै आविष्कार केन्द्र स्थापना गर्ने महाअभियानमा लाग्नुभएका पुनलाई सबैले सहयाेग गर्नुपर्ने हाेटेल परिवारले बताएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *