अखिल (क्रान्तिकारी) को कार्यबाहक अध्यक्षकाे जिम्मेवारी तुकमान महरालाई

काठमाडौ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को कार्यबाहक अध्यक्षकाे जिम्मेवारी तुकमान महराले पाएका छन् ।

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले उपाध्यक्ष तुकमान महरालाई कार्यबाहक अध्यक्षकाे जिम्मेवारी दिएकी हुन् ।

राेल्पा निबासी महरा २०५८ सालमा कक्षा ९ मा अध्ययन गर्दै गर्दा भुमिगत भएका थिए । उनी संगठनको २ कार्यकाल रोल्पा जिल्ला अध्यक्ष हुँदै २०६७ सालमा संगठनको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । २०७३ सालमा संगठनको केन्द्रिय सचिब, २०७४ मा केन्द्रीय उपमहासचिव हुँदै २०७८ मा भएको २२ औँ रास्ट्रीय सम्मेलन बाट केन्द्रिय उपाध्यक्षमा निर्बाचित भएका थिए ।

 

कार्यबाहक अध्यक्षकाे जिम्मेवारी पाए सगै अध्यक्ष महराले अस्कल क्याम्पसकाे घटना बारेमा प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण गरेका छन् ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *