घोरदौरा जाने क्षेत्रमा फोहोर फाल्न र नसालु पदार्थ सेवन गर्न निषेध 

घाेराही, २४ फागुन । घोराही उपमहानगरपालिकाको पर्यटकिय क्षेत्र घोरदौरा जाने वन क्षेत्रलाई सरसफाई युक्त, लागु पदार्थ सेवन तथा मध्यपान र धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित सालघारी क्षेत्र र त्यहाँबाट घोरदौरा जाने वन क्षेत्रको बाटोमा जथाभावी फोहोर फाल्ने, लागु औषध सेवन गरेर हिड्ने, मादक पदार्थ र धुम्रपान गरेर फोहोर जथाभावि फाल्ने कार्यलाई पूर्णरुपमा रोक लगाउन निषेधित क्षेत्र घोषणा गरिएको हो । अम्बे सामुदायिक वन उपभोक्ता समूह र वयालडाँडा चौतारी क्लवको समन्वयमा विहिबार विहान आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख श्री नरुलाल चौधरी ज्यूले सो क्षेत्रमा फोहोर फाल्न, लागु औषध, मध्यपान र धुम्रपान सेवन गर्न निषेध गरिएको घोषणा गर्नुभयो ।

घोराहीबाट घोडदौरा जाने आउने व्यक्तिहरुले वन क्षेत्रमा जथाभावि फोहोर गर्ने गरेको र मध्यपान तथा धुम्रपान गरेर बोटल एवं कागज, प्लाष्टिक यत्रतत्र फाल्ने गरेको पाईएपछि सो क्षेत्रमा यस्ता कार्यहरु गर्न रोक लगाईएको हो । अम्बे सामुदायि वन समूहका अध्यक्ष श्रीधर भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख नरूलाल चौधरीले नगरलाई पूर्ण सरसफाई युक्त र लागु औषध नियन्त्रित नगर घोषणा गर्ने आफुहरुले लक्ष्य लिएको भन्दै यस कार्यले राम्रो सन्देश दिएको बताउनुभयो । सरसफाई र स्वस्थता नै समाज विकासको आधार भएको उहाँको भनाई छ ।

व्यक्ति स्वस्थ भए मात्रै सामाजिक, आर्थिक विकास हुने भएकाले त्यस तर्फ नागरिकहरुलाई चासो बढाउने गरी वयालडाँडा चौतारी क्लवले गर्दै आएका कृयाकलापको प्रशंसा गर्नुभयो । सरसफाई नै धन र पहिचान भएको उहाँको भनाई छ ।

व्यक्ति अस्वस्थ भए परिवार समाज र देश नै पछि पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा वयालडाँडा चौतारी क्लवका अध्यक्ष नारायण भुसालले शारिरीक स्वस्थता र बाताबरणिय स्वस्थता कायम गर्न आफुहरुले क्लव गठन गरेर चेतना मूलक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । मिना रेग्मीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वन समूहका सचिब दामोदर भुसालले गर्नुभएको थियो । कार्यक्रम पश्चात वनक्षेत्रको घोरदौरा जाने वाटोमा सरसफाई समेत गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *