रुटिन अफ घोराहीको कार्यालय उद्घाटन, अब डिजिटल पत्रकारिताको युग

चेतना अनलाइन

घाेराही, २२ फागुन । विगत एक वर्षदेखि दाङको घोराहीबाट सञ्चालन भइरहेको रुटिन अफ घोराहीको कार्यालय औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

कार्यालयको उद्घाटन नेपाल पत्रकार महासङ्घ दाङ अध्यक्ष दुर्गालाल केसी, प्रेस चाैतारी नेपालका केन्द्रीय उपाध्यक्ष सबिन प्रियासन र प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्माले संयुक्त रुपमा गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले अब डिजिटल पत्रकारिताको युग प्रारम्भ भएको बताउनुभयो । उहाँले नेपालका ठूला छापा माध्यमहरूले पनि अहिले बिस्तारै हार्ड कपी घटाएर अनलाइनमै केन्द्रित भएको उल्लेख गर्नुभयो।

प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन सबै पक्षबीच सहकार्य हुनुपर्ने आवश्यकता औल्याउनुभयो।

प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले प्रविधि बिनाको पत्रकारिता अबको युगमा सम्भव नभएको धारणा व्यक्त गर्नुभयो।

आईएमई बैंक घोराहीका माधव केसीले पत्रकारितामा नयाँ पुस्ताको आगमन रहर लाग्दो भएको बताउनुभयो। अनेरास्ववियु दाङका सचिव लक्ष्मण गिरीले पत्रकारितालाई विश्वसनीय बनाउन यो टिम सदैव लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो।

रुटिन अफ घोराहीका सम्पादक कपिल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजन घर्ती मगरले गर्नुभएको थियो।

भीमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रुटिन अफ घोराहीका सल्लाहकार कृष्णदेव थापाले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *