वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको क्षमता विकास सम्बन्धि दुई दिने तालिम

चेतना अनलाइन

घोराही उपमहानगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रमले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुका सञ्जालको क्षमता विकास सम्बन्धी दुई दिन तालिम सञ्चालन गरेको छ ।

वैदेशिक रोजगारीका क्रममा भोगेका अनुभवहरु आदान प्रदान गर्दै स्वदेश मै काम गर्नका लागि सञ्जालको माध्यमबाट क्षमता विकास गर्ने उदेश्यका साथ दुईदिन तालिम सञ्चालन गरेको सामी कार्यक्रमका संयोजक वसन्ता पुनले जानकारी दिनुभयो । स्वदेश फर्किएका रिटर्नीहरुलाई प्रत्येक वडाबाट एक एक जना प्रतिनिधीकारुपमा सहभागि गराई सञ्जालको माध्यमबाट सकभर विदेश नजाऔ र जानै पर्ने भए आबस्यक सिप, तालिम, ज्ञान र जानकारी लिएर मात्रै जाऔँ भन्ने कुराको ज्ञान फैलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले आफ्नो देशमा केही नै छैन भनेर विदेश पलायन हुने कुरा राम्रो नभएको बताउनुभयो । रोजगार र पेशा व्यवसाय गर्नका लागि स्वदेश मै प्रशस्त सम्भाबना भएको तर केही नदेख्ने, काम गर्न लाज मान्ने प्रबृतीले युवाहरु विदेशिने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले स्वदेशमै स्वरोजगार बन्न स्थानीय सरकारले अबसरहरु सृजना गरेको बताउनुभयो । विभिन्न तालिमहरु सञ्चालन गरे पनि त्यस तर्फ आकर्षण नदेखेको बताउनुभयो । कार्यक्रममा सामी कार्यक्रमका फोकल पसर्न बासुदेव आचार्य, बैदेशिक रोजगार वोर्डका अधिकृत विष्णु अर्याल लगाएतकाले कार्यक्रमको प्रभावकारीताका बारेमा जानकारी गराउनु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *