समाजशास्त्रका विद्यार्थीहरूद्वारा करौतीडाँडाको सामाजिक अवस्थाको बारेमा अध्ययन

चेतना अनलाइन

घाेराही । महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा स्नातक तह चौथो वर्षमा समाजशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीहरूले घोराही उपमहानगरपालिका स्थित करौतीडाँडामा रहेको ल्यान्डफिल्ड साइड क्षेत्रका जनताको सामाजिक अवस्थाको बारेमा अध्ययन गरेका छन्।

समाजशास्त्रका उप-प्राध्यापक हरि रावतको अगुवाइमा सो क्षेत्रको स्थलगत अध्ययन गर्न पुगेका समाजशास्त्रका विद्यार्थीहरूले त्यस क्षेत्रको सामाजिक, आर्थिक, शैक्षिक तथा वातावरणीय पक्षको बारेमा अध्ययन गरेका थिए।

विद्यार्थीहरूले स्थानीयहरूसँग विभिन्न प्रश्नहरु गरेर उनीहरूको विविध पक्षमा जानकारी लिएका थिए। विगत देखि नै सो क्षेत्रमा उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको छ।

समाजमा रहेका विभिन्न पक्षहरूको अध्ययन तथा अनुसन्धान गरेर समग्र समाजको विश्लेषण गर्नु समाजशास्त्रका विद्यार्थीहरूको आधारभूत काम भएकाले आफूहरू सो क्षेत्रमा अध्यापन गराउने गुरुसहित अध्ययनको तरिका सिक्न त्यहाँ गएको विद्यार्थी सुशीला घर्तीले जानकारी दिइन्।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *