अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको समापन सञ्चारमन्त्री शर्माले गर्ने

चेतना अनलाइन

घाेराही, १९ फागुन । घोराहीमा जारी १२ औं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव- २०८० को समापन फागुन २१ गते सोमबार हुने भएको छ।

महोत्सवको समापन नेपाल सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले गर्ने कार्यक्रम तय भएको आयोजक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ कृषि सामग्री कम्पनी घोराहीको प्राङ्गणमा सञ्चालित लोक सांस्कृतिक महोत्सवमा कलाकारहरुले विभिन्न प्रस्तुति देखाइरहेका छन् ।

अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा कृषि तथा घरेलु उत्पादन, स्थानीय विभिन्न जातजातिसँग सम्वन्धित खानाका स्टलहरु राखिएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *