अबको दुई बर्ष भित्र घोराही लैंगिक हिंसा नियन्त्रित नगर

घोराही उपमहानगरपालिकालाई अबको दुई बर्ष भित्र लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्नका लागि सरोकारवाला पक्षहरुले प्रतिबद्धता जनाएका छन् ।

उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले सरोकारवालाहरु सँग बिहिबार आयोजना गरेको छलफल कार्यक्रममा सन् २०२६ सम्म नगरलाई लैंगिक हिंसा नियन्त्रित नगर घोषणा गर्ने कार्यमा सघाउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी सहित नेपाल पत्रकार महासंघ, अन्तरपार्टी महिला सञ्जाल, खगेन्द्र नवजीवन पुर्नःस्थापना केन्द्र, महिला मानव अधिकार रक्षकहरुको सञ्जाल, ग्रामिण महिला उत्थान केन्द्र, महिला सामुदायिक सेवा केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुक्त कमलरी विकास मञ्च, नगर स्तरीय बालक्लव सञ्जाल लगाएतका संघ संस्थाका प्रतिनिधीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले अब गर्ने कार्यहरुको रुपरेखा प्रस्तुत गर्नुभएको छ । वडा, समुदाय, टोल, विद्यालय एवं अन्य आबस्यक कुन कुन क्षेत्रमा कस्तो कार्यक्रमहरु कस्ले गर्ने भन्ने बिषयमा शाखा प्रमुखले कार्य योजना पेश गर्नुभएको हो । कार्यक्रममा विज्ञ दुर्गालाल केसीले लैंगिक हिंसा नियन्त्रित उपमहानगरपालिका घोषणाका लागि ३५ बुँदामा सूचकहरु प्रस्तुत गर्नुभएको छ । ति सूचकहरु माथी छलफल गर्दै सरोकारवाला पक्षहरुले थप सुझाबहरु दिनुभएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सभ्य समाज बनाउनका लागि लैंगिक हिंसालाई नियन्त्रण गर्न साझा पहल र सचेतनाको आबस्यक पर्ने बताउनुभयो । व्यक्ति, परिवार र समाज मिलेर बस्न सक्ने, एक अर्कालाई सम्मान गर्ने बाताबरण बनाउनु राज्य सँगै सबै पक्षको भूमिका अहम हुने बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले लैंगिक हिंसा नियन्त्रणका लागि साझो सोच, साझा योजना र साझा पहल हुनुपर्नेमा जोड दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *