औषधिजन्य सामग्रीको रकम भुक्तानीको माग गर्दै प्रतिष्ठानलाई ध्यानाकर्षण

दाङ, १३ फागुन । औषधिजन्य सामग्री उपलब्ध गराएको विल अनुसारको रकम भुक्तानीको माग गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधि थोक व्यवसायी संघ दाङले ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको छ ।

नेपाल औषधि थोक व्यवसायी संघ दाङका सचिव मरिचमान धिताल र रसायन तथा मेडिकल आपूर्ति संघ दाङका अध्यक्ष बालकुमार घर्ती मगरद्धारा हस्ताक्षरित विज्ञप्ति प्रतिष्ठानका उपकुलपति विकास लामिछानेलाई बुझाईएको थियो ।

रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधि थोक व्यवसायी संघ दाङमा आवद्ध विभिन्न व्यवसायिक संस्थाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङलाई आवश्यक पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरु, ल्याव केमिकल, एक्सरे सामग्रीहरु लगायत स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने अन्य विभिन्न सामग्रीहरु उपलब्ध गराए वापतको विल अनुसारको रकम भुक्तानी समयमै नभएको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत् जनाईएको छ ।

देशमा उत्पन्न व्यवसायिक आर्थिक संकटले स्वास्थ्य व्यवसायीहरु पनि अछुतो रहन नसकेको विद्यमान परिस्थितिमा यसरी लामो समयसम्म भुक्तानी हुन नसक्दा व्यवसायीहरु निकै मारमा परी व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको अवगत गराउँदै यथासीघ्र भुक्तानी गरिदिन प्रतिष्ठानलाई अनुरोध गरिएको थियो ।

समय सीमामै भुक्तानी हुन नसकेमा हामी प्रक्रियागत रुपमा आन्दोलित हुन बाध्य हुँदै स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन नसक्ने समेत ज्ञापन पत्र मार्फत् जानकारी गराईएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *