चेतना अनलाइन
घाेराही , फाल्गुन १३ । पूर्व सांसद शान्ता चौधरीले अचार उद्योग खोलेपछि अहिले यसको सर्वत्र बजार चर्चा चलेको छ।
अहिले विभिन्न मेला महोत्सव होस् या अन्य स्थानमा शान्ता चौधरीले उत्पादन गरेको अचारको चर्चा परिचर्चा चल्ने गर्दछ।
दाङ निवासी नेकपा एमालेकी केन्द्रीय नेता चौधरीले खोलेको अचार उद्योगको बारेमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले समेत प्रशंसा गर्नुभएको छ।
चौधरीले उत्पादन गरेको असारमध्ये आफूलाई टिमुर र लसुनको असार मनपर्ने भएकाले किनेको समेत उहाँले फेसबुकमा सेयर गर्नुभएको छ।
पूर्व प्रधानमन्त्री ओलीको फेसबुक स्ट्याटस यस्तो रहेको छ – ‘शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ। उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन्। मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ ।
शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना !
शान्ताजीलाई बधाई !!’








